दफा १२ख
स्वेच्छिक अवकाश
(१) अतिरिक्त हुलाकमा कार्यरत
हुलाक प्रतिनिधि, वितरक वा डाँक वाहकले यो
नियमावली प्रारम्भ भएको मितिले तीन महिनाभित्र
स्वेच्छिक अवकाश लिन सक्नेछन् ।
(२) उपनियम (१) बमोजिम: स्वेच्छिक अवकाश लिन चाहने हुलाक प्रतिनिधि, वितरक वा डाँक वाहकले सम्बन्धित जिल्ला हुलाक कार्यालयमा निवेदन दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम निवेदन परेमा नियम १२क. बमोजिमको उपचार खर्चको अतिरिक्त नियम १२ग. बमोजिमको थप सुविधा समेत पाउने गरी सम्बन्धित जिल्ला हुलाक प्रमुखले निर्णय गर्नेछ।